राष्ट्र रक्षक महासंग्रामको न्यायो अभियान मोरङमा पनि भव्य रूपमा सम्पन्न

२२ माघ २०७८, शनिबार ०८:४६
माेरङ । राष्ट्र रक्षक महासंग्रामको न्यायो अभियान मोरङमा पनि भव्य रूपमा सम्पन्न भएकाे छ । माेरङकाे कटहरि गाउँपालिकामा रहेका मुसहर, मुस्लिल र पासवान बस्तीका विपन्न परिवारलाइ जाडाेका लागि न्यानाे कपडा हालै वितरण गरिएकाे हाे । राष्ट्र रक्षक महासंग्रामको न्यायो अभियान यस अघि झापामा  पनि भव्य रूपमा विपन्न परिवारलाइ न्यानाे अभियान अन्तरगत जाडाेका कपडा वितरण गरेकाे थियाे ।
नेपाल राष्ट्र रक्षक महासंग्राम को न्यायो अभियान मोरङमा पनि सफताको साथ सम्पन्न भएकोमा अभियानका संयाेजक एसपी शाह सारथिले सबर्लाइ धन्यवाद दिनु भएकाे छ । जनताकाे पीडा र दुखमा मल्हम लगाउन सानाे प्याश गरिएकाे र याे निरन्तर रहने जानकारी उहाँले दिनु भएकाे छ । नेपाल राष्ट्र रक्षक महासंग्राम परिवारले जनताकाे पक्षमा निरन्तर काम गरिरहने बताएकाे छ ।