No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रीले मनन गर्नुपर्ने विषय

0

शारदाप्रसाद त्रिताल ।
माननीय मन्त्रीहरुले पदको गरिमा अनुरुप भूमिका निर्वाह गरिदिए कति राम्रो हुन्थ्यो ! मन्त्रीहरु सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला । मन्त्रीहरुले पदको गरिमा अनुरुप आफ्नो भूमिका निष्पक्ष रुपमा निर्वाह गरिदिए मात्र पुग्छ । देहायका कार्यमा मन्त्रीहरु इमानदारिपूर्वक लागिदिए ठूलो उपलब्धी हासिल गर्न सकिन्छ ।

१. कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने ।

२. बनेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा प्रभावकारी समन्वय गर्ने ।

३. आफू अन्तर्गतका संयन्त्रलाई जिम्मेवार र गतिशिल बनाउने ।

४. मन्त्रालयस्तरीय समाधान समितिमा गहन छलफल गर्ने र तत्काल देखिएका समस्या समाधान गर्ने ।

५. सचिव, विभागीय प्रमुख र महत्वपूर्ण आयोजना प्रमुखहरुसँग निरन्तर छलफल र आपसी संचार गर्ने ।

६. तेरो मेरो नभनी कर्मचारीको कामको सहि मूल्याङ्कन गर्ने ।

. आफ्ना आसेपासे र विचौलियालाई मन्त्रालय र अन्तर्गतको काममा हस्तक्षेप गर्नबाट रोक्ने ।

८. आफू भ्रष्टाचार नगर्ने र अरुबाट भ्रष्टाचार हुनसक्ने सम्भावना प्रति सजग रहने र निगरानी गर्ने ।

 

प्रकाशित: २३ माघ २०७८, आईतवार ०३:४८

Leave a Reply