No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १३८६ जनामा काराेना संक्रमण पुष्टि, ११ काे मृत्यु

0
काठमाडौँ । नेपालमा थप १३८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६४११९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८७०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९०९३४३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८१४ पुगेको छ । क्वारेन्टाइनमा १३७ जना छन् भने आइसोलेसनमा ४५२४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २३ माघ २०७८, आईतवार ११:५०

Leave a Reply