No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

0
काठमाडौँ । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेकाे हाे । सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालका अनुसार विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् । यसैगरी, काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ । कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिइन् । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ । त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उनले बताइन् ।  
प्रकाशित: २३ माघ २०७८, आईतवार १२:४८

Leave a Reply