No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

0
कञ्चनपुर । ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका थिए । दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक शाहले बताए । पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।
प्रकाशित: २३ माघ २०७८, आईतवार १४:३५

Leave a Reply