No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काँग्रेस प्रवक्तामा डा. महत नियुक्त

0
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए । त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।  
प्रकाशित: २४ माघ २०७८, सोमबार ०६:३५

Leave a Reply