थप १५७० जनामा काराेना संक्रमण पुष्टि, १३ काे मृत्यु

२४ माघ २०७८, सोमबार १२:००
काठमाडौँ । नेपालमा थप १५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६१४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९१५४८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८२७ पुगेको छ । क्वारेन्टाइनमा १३७ जना छन् भने आइसोलेसनमा ४०१११ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।