No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीद्वारा गृह प्रशासन सुधार कार्ययाेजना सार्वजनिक

0

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँणले आज गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सिंहदरबारमा सोमबार गृह मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधान कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।

मन्त्री खाँणले सार्वजनिक गरेकाे उक्त कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तर्जुजा गर्नेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्नेसम्मको योजना रहेको छ ।

नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र कानुन महाशाखाले गाँजा औषधीय प्रयोगका लागि ६ महिना कार्यविधि तयार गर्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ । गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीयजन्य उत्पादनको आधारशीला नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले तयार गर्ने छ ।

यसैगरी, गृहले निश्चिन मापदण्ड पूरा गरेर स्थानयी तहबाटै नागरिकता वितरण गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम० गर्ने, लागूऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागूऔषध सचेतना केन्द्र सञ्चालन गर्ने, सीमा सुरक्षा ऐन तर्जुमा गर्ने र हातहतियार खरखजाना ऐन, २०१९ तथा नियमावली, २०२८ मा संशोधन गर्नेलगायतका कार्य गर्ने गृह मन्त्रालयद्वारा सार्वजनिक कार्ययोजनामा उल्लेख छ ।

 

प्रकाशित: २४ माघ २०७८, सोमबार १२:२१

Leave a Reply