राष्ट्रपति सीद्वारा रानी एलिजाबेथ द्वितीयलाई बधाइ

२४ माघ २०७८, सोमबार १३:४२

चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बेलायती राजगद्दीमा आरोहण भएको ७०औँ वार्षिकोत्सवको अवसरमा महारानी एलिजाबेथ द्वितीयलाई बधाइ सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सीले महारानी एलिजाबेथ द्वितीयले लामो समयदेखि बेलायत-चीन मित्रताको ख्याल राख्दै आएको र द्विपक्षीय सम्बन्धको विकासको साक्षी र प्रवर्द्धक भएको बताएका छन् ।

यस वर्ष राजदूत स्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाउँदै सीले यस अवसरलाई दुई पक्षले मित्रता र पारस्परिक विश्वासलाई प्रगाढ बनाउन, आदान-प्रदान र सहयोग विस्तार गर्न र अन्तरराष्ट्रिय ऐक्यबद्धता प्रवर्द्धन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् । यसो गर्दा उनीरूले दुवै देश र जनताका लागि पारस्परिक लाभ सिर्जना गर्न र अन्तरराष्ट्रिय समुदायलाई संयुक्त रूपमा विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्व शान्ति, स्थायित्व, समृद्धि र विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्न नयाँ योगदान दिन सक्ने बताएका छन् ।