No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायतबाट आठ लाख डोज खोप प्राप्त

0

काठमाडौं । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको सोमबार ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ । अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ ।

प्रकाशित: २४ माघ २०७८, सोमबार १६:०१

Leave a Reply