No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा यथार्थ बाहिर ल्याउछौंः प्रवक्ता कार्की

0

काठमाडौं । सरकारले चीनसँगको सीमा विवादका विषयमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने जनाएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताए ।

उनले भने, ‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिपोर्टहरुको आधारमा नभई वास्तविकताको आधारमा उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छ । हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग सीमामा कुनै समस्या छन् भने ती समस्यालाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्ने छौंँ ।’ प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने पनि बताए ।

 

प्रकाशित: २५ माघ २०७८, मंगलवार १३:०१

Leave a Reply