No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण संचालन गर्ने

0

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहनेछन्।

प्रशिक्षणका विषयहरु

  • क. दसौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
  • ख. सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
  • ग. स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
  • घ. स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु

प्रशिक्षण कार्यक्रमका सहभागीहरु

  • क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
  • ख. प्रदेश कमिटी पदाधिकारीहरु
  • ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
  • घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज/सहइन्चार्जहरु
  • ङ. प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
  • च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
  • छ. नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
  • ज. नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
  • झ. पालिका पार्टी कमिटीका अध्यक्षहरु

प्रशिक्षणको समय तालिका र स्थान

  • प्रदेश नं १– फागुन १– २, विराटनगर
  • मधेस प्रदेश– फागुन ३–४, जनकपुर
  • वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
  • गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
  • लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ
  • कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
  • सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

समय

  • पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
  • दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म
प्रकाशित: २५ माघ २०७८, मंगलवार १३:१७

Leave a Reply