No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायती विषेश फौज युक्रेनमा

0

बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् । रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो ।

त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो । रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आउको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ ।

सैनिक तैनात भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दावी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दावीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार १५:४९

Leave a Reply