No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले अध्यक्ष ओली र कोइरालाबीच भेटघाट

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । कांग्रेस नेता कोइराला मंगलबार साँझ ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।

भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार १६:२९

Leave a Reply