सुशील कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायीः प्रधानमन्त्री

२६ माघ २०७८, बुधबार ०५:५४

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार सामाजिक सञ्जालमार्फत कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै कोइरालाले पार्टीमा पुर्याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका छन् । नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]