No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

0
काठमाडौँ । नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै सरकारले याक एण्ड यति होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको छ । पटक-पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे होटलको स्तर प्रमाणपत्र रद्द गर्ने निर्णय गरेकाे हाे । पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरिएको पत्र होटललाई पठाएको छ । मन्त्रिपरिषद्को बैठकले क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्नुका साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो ।
प्रकाशित: २६ माघ २०७८, बुधबार १६:३१

Leave a Reply