No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दाङको तुलसीपुरस्थित चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

0

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि तुलसीपुरस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय अबिददिन अलीको मृत्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतको मिटर पड्किँदा आगलागी भएको उनले बताए । तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेपनि बिहान सात बजेपछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार ०३:०३

Leave a Reply