No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

0

काठमाडाैँ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्र्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।

सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो । उक्त अवधिमा मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ भएका थिए । अब आइतबारदेखि सबै प्रकारका सेवा सञ्चालन हुनेछन् ।

 

प्रकाशित: २८ माघ २०७८, शुक्रबार ११:१७

Leave a Reply