No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राज्यको दोहन भएको सम्पत्ति सरकारले जसरी पनि फिर्ता गर्छः मन्त्री आले

0

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् ।

राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए । विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए ।

पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे । उनले सरकारी नियुक्ति पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए ।

नेपालका क्यासिनोहरुले बिगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । आफूले राम्रो काम गरिरहेपनि केही मिडियाहरु भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे । उनले कर्मचारीहरुलाई मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार १३:४८

Leave a Reply