No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दयाहाङ र नम्रताको ‘वरदान’ रिलिज

0

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेतृ नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छोटो सिनेमा ‘वरदान’ इन्टरनेटमा रिलिज गरिएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ बिहीबार गज्जब टिभी युट्युब च्यानलबाट दर्शकमाझ रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको सिनेमा २४ मिनेट अवधिको छ ।

नम्रता र दयाहाङले ‘सम्बोधन’ पश्चात दोस्रो पटक सहकार्य गरेका हुन् । विषयवस्तु चित्त बुझेर आफूले यस सिनेमामा काम गरेको नम्रता बताउँछिन् । आत्महत्या रोकथामको विषयलाई उठाएको सिनेमाले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश दिन्छ ।

शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।

प्रकाशित: २९ माघ २०७८, शनिबार ०२:०८

Leave a Reply