No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

८३६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

0

काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७३६३२ पुगेको छ । त्यस्तै १८२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९३४६४८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८८२ पुगेको छ । क्वारेन्टाइनमा ११८ जना छन् भने आइसोलेसनमा २६१०२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २९ माघ २०७८, शनिबार १०:३९

Leave a Reply