No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘उड्नु छ’ गीतमा मेक्सना एक अर्काको परिपुरक

0

काठमाडौं । गायिका मेचु धिमाल र रुक्सना लिम्बुको स्वरमा नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । मेचुकै शब्द संगीत रहेको ‘उड्नु छ’ बोलको गीत हालै मेचु धिमाल युटुब च्यानलमा सार्वजनिक भएको हो ।

म्युजिक भिडियो रिलिज भएको छोटो समयमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । भने भिडियोले भ्युज पनि राम्रो पाइरहेको छ । गीतमा बिशम आचार्यको एरेन्ज तथा मिक्सिङ रहेको छ ।

भिडियोमा मेचु र रुक्सना दुबैको अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा छायांकन, सम्पादन तथा रंग सम्योजन इसाक जबेगूको रहेको छ । ‘उड्नु छ’ भिडियोको कन्सेप्ट, कथा तथा कोरियोग्राफी मेचु स्वयमको रहेको छ । हाङ चेम्जोङ्ग भिडियोका निर्देशक हुन् ।

&nbsp

प्रकाशित: २९ माघ २०७८, शनिबार १७:२१

Leave a Reply