No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आवश्यक परेको ठाउँमा प्रयोग गर्न एमालेद्वारा सांसदहरूको हस्ताक्षर संकलन

0

काठमाडौं । नेकपा एमालेले सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा आवश्यक परेको ठाउँमा प्रयोग गर्न एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सम्पूर्ण सांसदहरुको हस्ताक्षर संकलन गरेको र आवश्यक परेको ठाउँमा त्यसलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गलत उद्देश्यका साथ महाभियोग प्रस्ताव आएकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

प्रमुमख सचेचक भट्टराईले भने,‘आवश्यक गर्दा सडकबाट,न्यायालयबाट पनि गर्नुपर्छ।’ बैठकले महाअभियोग प्रस्तावका विषयमा प्रतिवाद गर्ने निर्णय गर्ने जिम्मेवारी नेतृत्वलाई दिएको छ । अध्यक्ष ओलीले वर्तमान परिस्थितिको विश्लेषण गरेर यथोचित निर्णय गर्ने बताएका छन् ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार १०:०६

Leave a Reply