No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादीले बोलायो संसदीय दलको बैठक

0

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा(माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ ।

सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ ।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार १४:१३

Leave a Reply