No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण कोरियामा एकैदिन ९० हजारलाई कोरोना संक्रमण

0

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

अहिलेसम्म यहाँ १५ लाख ५२ हजार जना कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।

अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार ०६:२२

Leave a Reply