No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ब्राजिलमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

0

ब्राजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो ।

सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन् । हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन् ।

अधिकारीहरूले झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन् । रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन् । पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन् । खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्।

 

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार ०३:०६

Leave a Reply