No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री र प्रचण्डबीच भेट, गठबन्धनको बैठक पाँच बजे बस्ने

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुई नेताको छलफलपछि आज दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन खोजेको भन्दै माओवादीले सरकार छाड्ने चेतावनी दिइसकेको छ । दुई नेताबीच एमसीसीमा सहमति जुटाउने विषयमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार ०५:२६

Leave a Reply