No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ओलीविरुद्ध अख्तियारमा उजुरी,गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा गरेको अभियोग

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।

झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अनेरास्ववियुले ओली र तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गराएको हो ।

त्यसैगरी अनेरास्ववियुले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् ।

त्यस्तै, ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्राउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गराएको उनले बताए । अनेरास्ववियुका तर्फबाट वाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार ०९:१९

Leave a Reply