No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

0

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भएपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग छलफल थालेको छ । यसैक्रममा बिहीबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भेट गरेका छन् । रिजालले भक्तपुरको बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा रहेको बताइएको छ । माओवादी केन्द्रले एमसीसी अघि बढाए सरकार छाड्ने र विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग गठबन्धन गर्न छलफल अघि बढाएका हुन् ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार ११:४७

Leave a Reply