No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी संसदमा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

0

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले यथास्थितिमा पारित गर्न नसकिने तर संसदमा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको उनले बताए । यसका लागि नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीले शर्त राखेको छ ।

अवरोध नहटी एमसीसीबारे छलफल हुने वातावरण नबन्ने भएकाले अवरोध हट्नुपर्ने उनले बताए । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार १०:२४

Leave a Reply