No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनको सहमति

0

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले एमसीसी संसदमा टेबल गर्न सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

यसअघि पटकपटकको बैठकमा माओवादी केन्द्र एमसीसी तत्काल टेबल गर्न नहुने पक्षमा रहेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दबावका कारण प्रचण्ड पनि एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

शनिबार एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो। संसदमा टेबल गरिएपनि विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । एमसीसी संसदमा टेबुल भएपछि त्यस विषयमा दलहरुले आ–आफ्नो धारणा राख्नेछन् । अमेरिकी सरकारले एमसीसीबारे निर्णय गर्नका लागि नेपाललाई फागुन १६ गतेसम्मको समयसीमा तोकिसकेको छ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार ०५:५५

Leave a Reply