No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी पहिल्यै पारित नगर्दा विदेशी शक्तिहरूको क्रिडास्थल बन्न पुग्योः अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्मा नल्याउँदा अहिलेको अवस्था सृजना भएको बताएका छन् । आइतबारको संसद् बैठकपछि अन्तरक्रिया गरी अध्यक्ष ओलीले पहिले नै एमसीसी पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका हुन् । उनले एमसीसीका कारण अहिले नेपाल विदेशी शक्तिहरूको क्रिडास्थल बन्न पुगेको बताए ।

ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने,‘ एमसीसीबारे पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन । विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो । अहिले पनि सत्ता र सभामुख द्वन्द्व बढाउन खोजिरहेका छन् ।’

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार १२:३५

Leave a Reply