No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

0

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय विभागका प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विभागीय प्रमुखहरुलाई आफ्नो क्षेत्रका काम अघि बढाउन निर्देशन दिएका हुन् ।

बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए । बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार ०७:४८

Leave a Reply