No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैंकिङ्ग कसुरको अभियोगमा ग्रीनलाइनका संचालक पक्राउ

0

काठमाडौँ । बैंकिङ्ग कसुरको अभियोगमा प्रहरीले व्यापारी अमित अग्रवाललाई पक्राउ गरेको छ । अग्रवालले दिएको चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर र सञ्जय अधिकारीले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई नियन्त्रणमा लिएको हो । अग्रवालले टंक शमशेरलाई डेढ करोड र अधिकारीलाई ५० लाख रुपैयाँको चेक दिएका थिए । शुक्रबार पक्राउ परेका उनलाई अहिले थुनामा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बैंकको ऋण तिर्न नसकेपछि अग्रवालको पसल नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले सिल गरेका थिए । अग्रवाल परिवारसहित पुसको अन्तिम सातादेखि एक महिना फरार भएर माघको अन्तिम साता पुनः काठमाडौँ आएर आफू उपचारका लागि भारत गएको बताएका थिए ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार ०८:१४

Leave a Reply