No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

0

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए । यसअघि पनि एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने तर यथास्थितिमा पास गर्ने विषयमा भने विपक्षमा उभिने निर्णय गरेको थियो ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार १२:१३

Leave a Reply