No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

४७६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

0

काठमाडौं । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६१०५ पुगेको छ । त्यस्तै ८३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५३४३० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९२८ पुगेको छ । क्वारेन्टाइनमा १०७ जना छन् भने आइसोलेसनमा १०,७४७ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार १२:१०

Leave a Reply