No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुण्यको काममै भ्रष्टाचार !

0

काठमाडौं । वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार गरेको पाइएको छ ।

जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम बिरुवासमेत रोपण नगरी रकम हिनामिना गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७३/७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिका उचिडिहमा वृक्षरोपणका लागि तीन लाख ६० हजार बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगका अनुसार गैरकानूनी काममा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र सहलेखापाल जनकराज जोशीले भ्रष्टाचार गरेको पाइएको आयोगको आरोप छ ।

आयोगले बिगोबमोजिमको माग दाबी गर्दै वन कार्यालयका कर्मचारी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार १३:००

Leave a Reply