No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायतमा कोरोना सङ्क्रमितले अब छुट्टै बस्नु नपर्ने

0

बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आजदेखि देखि लागु हुने गरी हटाइएको छ । बेलायतले जनवरीदेखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नुपर्ने छैन ।

प्रधानमन्त्री बोरिस जोनसनले भने, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोनाभाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणहरूमध्ये एक हो । धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।” प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएका छन् ।

यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा सङ्क्रमणको जोखिम बढाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । मानिसहरु मास्क बिना हिड्ने थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताए

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार ०३:१८

Leave a Reply