No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस र एमाले फेरि छलफलमा

0

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो । संसद भवन नयाँ वानेश्वरमा आज दिउँसो प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि पुनः छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ लगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार १४:३५

Leave a Reply