No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ए डिभिजन लिगमा सातदोबाटोको जीत

0

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । जितसँगै १३ खेलमा सातदोबोटले २१ अङ्क जोडदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

त्यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । शेर्पा र फ्रेन्ड्सले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडे । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिए पनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगायो । खेलको ७३औँ मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो ।

खेलको ८९औँ मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । यो बराबरीसँगै हिमालयन शेर्पाले १४ अङ्क जोड्यो भने फ्रेन्ड्सको ११ अङ्क भएको छ ।

 

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार १५:१६

Leave a Reply