No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेन सङ्कट !

0

केशवप्रसाद भट्टराई ।
१. अमेरिकी सुरक्षा संगठनहरूले त रूसले युक्रेन विरूद्ध युद्ध घोषणा गर्दछ, आक्रमण गर्दछ भनिरहेकै थिए, पुटिनका सहयोगी न्युक्लियर बटन वाला ब्रिफकेस बोकेर सँगै हिंडेको फोटो पनि आएको थियो तर पनि युद्ध होला भन्ने विश्वास लागेकै थिएन । केही वर्ष अघि रूसले युक्रेनको क्राइमिया बन्दरगाह खोसेर लियो । विश्व निन्दा मात्रै गरेर बस्यो ।
अहिले युक्रेनको दुइटा रूससँग सीमा जोरिएका र रूसी मूलका जन सङ्ख्या दुई प्रान्त डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र घोषणा गरिदियो । लाग्दछ, केही समय पछि क्राइमियामा जस्तै जनमत सङ्ग्रह गराइदिन्छ र रूसमा मिलाउने कार्य हुन्छ ।

२. यही फेब्रुअरी ४ मा चीनियाँ र रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ युगनिर्माणमा चीन र रूसवीच सहकार्यगर्ने बारे एउटा वृहत घोषणा गरेका थिए ।
नयाँ विश्व व्यवस्थाबारे रूस र चीनको उक्त घोषणा पत्र स्वयंमा एउटा रणनीति पत्र थियो । साथै उता रूसले युक्रेनमाथि आक्रमण गर्ने र यता चीनले ताइवानमाथि आक्रमण गर्नसक्ने सम्भावनाबारे पश्चिमी समाचार माध्यमहरूमा चर्चा भैरहेका थिए ।

३. युक्रेन सैनिक क्षमताको दृष्टिले कमजोर राष्ट्र होइन, क्षेत्रमा रूस पछिको दोस्रो हो, रूसलाई ठूलो क्षति पुर्याउन सक्छ तर निर्णायकरूपमा रूससँग भिड्ने क्षमता राख्दैन ।
अमेरिका र नाटो राष्ट्रहरू युक्रेनको पक्षमा सैनिक भिडन्तको पक्षमा नपुग्लान–किन कि त्यसको परिणाम के हुन्छ भन्न सकिन्न । रूस र युक्रेन तथा रूस र नाटो तथा अमेरिका वीच मध्यस्थता गर्न सक्ने एउटै व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्रै हुन् । विश्व कूटनीतिको केन्द्रमा स्थापना हुने र इतिहास निर्माण गर्ने अवसर उनलाई छ । तर उनी सक्छन् सक्दैनन् , गर्छन् गर्दैनन् , सफल हुन्छन् हुन्नन् त्यो अर्को कुरा हो । तर युक्रेन र रूसवीचको सम्बन्धको कुन मोडालिटीको प्रस्ताव मोदीले लिएर जाने, युक्रेन रूस र नाटो वीचको सम्बन्धको कुन सिद्धान्त अवलम्वन गर्ने प्रस्ताव उनीसँग रहनेछ सवाल त्यो हो ।

हतार गर्दा पनि नहोला र परिस्थिति नियन्त्रण बाहिर गएपछि पनि प्रयास गरेर पनि केही अर्थ नहोला ।
४. सानो युक्रेनमाथिको ठूलो र शक्तिशाली रूसको आक्रमण निन्दनीय छ , भत्र्सनायोग्य छ । यो एउटा प्रजातान्त्रिक राष्ट्रमाथिको अधिनायकवादी राष्ट्रको निर्लज्ज आक्रमण हो ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार ०६:१७

Leave a Reply