No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी चाहियो भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हानियोः केपी ओली

0

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले सडकमा कार्यकर्तालाई उतारेर ढुंगा हान्न लगाएको बताएका छन् ।

शुक्रबार पोखरामा बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका अरु नेताले एमसीसी बढाउँदा ढुंगा नहान्ने तर आफूमाथि ढुंगा प्रहार गरेको बताए ।

एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको उनले बताए ।

उनले भने, ‘एमसीसी सहयोग नेपालमा दिन भन्दै चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी बढाउने मान्छे हिँड्दा ढुंगा हानिँदैन, नेपाली कांग्रेसलाई हानिँदैन । सभामुखलाई हानिँदैन । म सडकमा यस्सो हेर्छु, मलाई हानिन्छ ।’ उनले देश बनाउने विचार नेकपा एमालेबाहेक अन्य पार्टीसँग नभएको जिकिर गरे । अध्यक्ष ओलीले सरकारबाट एमाले हटेपछि जनताले विकासका कुरा सुन्नै नपाएको बताए ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार ०९:३५

Leave a Reply