No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

२७५ जनामा कोरोना संक्रमण, एकको मृत्यु

0

काठमाडौं । नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६६७० पुगेको छ । त्यस्तै ५५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५५४५८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९३२ पुगेको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ९,२८० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार ०९:५३

Leave a Reply