No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्नेमा छौंः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बचाउन आफूहरु छलफलमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्ने विकल्पमा छलफल भइरहेको बताएका हुन् ।

उनले आफूहरु विना परिमार्जन एमसीसी पास नगर्ने पक्षमा भने आफूहरु दृढ रहेको बताए । उनले संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको बताए । उनले भने,‘प्रतिगमनकारी गठबन्धन नआओस् भनेर गठबन्धन टुट्न नदिन लागिरहेका छौं । कहीँन कहीँ गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भनेर छलफल भइरहेको छ । पक्कै कुनै निकास निस्कन्छ ।’

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार ०४:५०

Leave a Reply