No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मच्छिन्द्रलाई ए डिभिजन लिगको उपाधि

0

काठमाडौं । मच्छिन्द्र क्लबले अपराजित रहँदै सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । ११औं चरणको खेलमा उापधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि रक्षा गरेको हो ।

लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपिएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहदै च्याम्पियन बनेको हो । सुखद अन्त्य गर्ने लक्ष्य सहित आक्रामक रणनीतिका साथ मैदान उत्रिएको एपिएफले तुलनात्मक हिसाबमा राम्रो खेल पनि मच्छिन्द्रसँग जित निकाल्न असफल रहेको थियो ।

मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक/एक गोल गर्दा एपीएफका प्रदिप लामाले एक गोल फर्काएका थिए । खेलमा पटक पटक दबाबमा परेको मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए । आन्द्रेस नियाको पासमा अविशेकले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा नतिजा सुम्पिएको एपिएफले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो ।

सोही क्रममा ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाढी बढेको मौकाको फाइदा उठाउँदै जाली चुमाएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित सुनिश्चित गर्दै टोलीको अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिए ।

आन्द्रेसको पासमा एपिएफका गोलकिपरलाई विट मार्दै सहजै गोल गरेका थिए । अन्तिम केही मिनेट दुबै टोली १० खेलाडीमा समेटिएका थिए । ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोडेर लिगको समापन गरेको छ । सम्पन्न १३ खेल मध्ये च्याम्पियन मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो । मछिन्द्रले लिगभरी विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल खान पुग्यो । यस्तै एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त पार्यो । ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मस्र्याङ्दी क्लब पाँचौं स्थानमा रहे ।

 

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार १५:१५

Leave a Reply