No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेलाई घेर्नेबन्दी गर्ने योजना सफल हुँदैनः पोखरेल

0

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय उद्घाटन गर्दै पोखरेलले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

उनले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्धव खरेलले .स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको बताए ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार ०३:२०

Leave a Reply