No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी फौजद्वारा सबै दिशाबाट युक्रेनमा हमला

0

रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतबार कठिन समय भएको फेजबुक पेजमा लेखेका छन् ।

उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ । रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन् ।

बिहीबार रुसले अतिक्रमण गरेयता उसका ४ हजार ३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ । युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ ।

ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ । ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन् ।

युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन् । रुसले बिहीबार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएका ईयूले जनाएको छ । त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार ०२:५४

Leave a Reply