No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवनमा चार लाख मतदाता

0

चितवन । चितवनको मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए ।

दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९७०, खैरहनीमा १० हजार ४४५, रत्ननगर नगरपालिकामा नौ हजार ६८५ मतदाता थपिएका छन् ।

यस्तै कालिका नगरपालिकामा आठ हजार ४२०, माडी नगरपालिकामा छ हजार ८२०, इच्छाकामना गाउँपालिकामा चार हजार १३२ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार भरतपुरमा एक लाख ८६ हजार ६७०, राप्तीमा ४० हजार ९६८, खैरहनीमा ४३ हजार ७०८, रत्ननगरमा ५२ हजार ८३९ मतदाता छन् । कालिकामा ३१ हजार ४०७, माडीमा २८ हजार ४९३, इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् । यस पटक ४७ मतदान केन्द्र थपिने अनुमान गरिएको छ ।

एक मतदान केन्द्रमा एक हजार जनाले मतदान गर्ने गरी मतदान केन्द्र निर्धारण गर्ने गरिन्छ । कार्यालयले यही फागुन १९ गते जिल्लाभित्रका ९८ वटै वडा कार्यालयमा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । मतदाताको सम्बन्धित वडा कार्यालयमा नामावली सार्वजनिक गरेर त्रुटी सच्याउने काम गर्न लागिएको कार्कीले जानकारी दिए ।

उनका अनुसार त्रुटी सच्याउने समय यही फागुन २२ गतेसम्म राखिएको छ । फरक–फरक वडामा दोहोरो नाम परेमा, नाम ठेगाना बिग्रेमा बसाइँसरेका, विवाहपछि ठेगना परिवर्तन भएकाले नामावली सच्याउन पाउनेछन् ।

दोहोरो नाम परेकाले स्वयम् निर्वाचन आयोगले जारी गरेको अनुसूची भरेर निवेदन दिन सक्नेछन् । यस्तै बसाइँसराइ, विवाह भएकाका हकमा स्वयम् व्यक्ति वा एकाघरका सदस्यले अनूसूची भरेर २३ गतेसम्म नामावली सच्याउन पाउनेछन् । यस्तै मृत्यु भएकाको हकमा एकाघरका परिवारका सदस्यले अनुसूची भरेर नामावली हटाउन सक्नेछन् ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार ०६:४४

Leave a Reply