No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

छिमेकी देशलाई आफ्नो भूभाग प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

0

काठमाडौँ । सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै छिमेकी देशलाई भूभाग प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो ।

निर्णयमा भनिएको छ, ‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभा सम्मानीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ ।’

आइतबार संसदले ५० करोड अमेरिकी डलरको एमसीसी सम्झौता अनुमोदन गरेको थियो । एमसीसीलाई लिएर अमेरिकी र चीनबीच आरोप प्रत्यारोप चलेको थियो ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार १४:१२

Leave a Reply