No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ओलीजी देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी हुने थिएँः भीम रावल

0

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने भएको आफूले एमसीसीको विरोध गरेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावलले अनुशासनहीन काम गरेको आरोप लगाएको भोलिपल्ट रावलले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

रावलले भने,‘राष्ट्रिय स्वाधिनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’

रावलले सल्लाहकार सदस्य आफूले दुई महिनाअघि नै अस्वीकार गरेकाले आफूलाई परिषदको सदस्य भनेर प्रचार नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘सल्लाहकार परिषद्को सदस्य अस्वीकार गरी दुई महिना अघि मैले गरेको ट्वीट हेरौं । फेरि मलाई परिषद्कै सदस्य भनी प्रचार गर्नुको कुनै अ‍ौचित्य छ र?’

मंगलबार एमसीसीका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले रावलले आत्मकेन्द्रित काम गरेको बताएका थिए । रावलले संसदमा एमालेले विरोध जारी राखेको बेला एमसीसीको विरोध गर्दै सहभागिता जनाएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार ०६:४९

Leave a Reply